
२५ साउन २०७५, काठकाडौं
गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) मा कार्यरत एक प्रहरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ ।
प्रहरी हवल्दार सन्जीव बिक्रम शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको हो । उनले नक्कली प्रमाणपत्र पेश गरि हवल्दार पदमा बढुवा भएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धानले बिहिबार विषेश अदालतमा मुद्धा दायर गरेको छ । उनले आफुले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडियट उतीर्ण गरेको भन्दै हवल्दार पदमा बढुवा भएका थिए ।
शाहविरुद्ध अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा उनले उक्त विद्यालयमा अध्ययन नै नगेको खुलेको छ ।





