कार्टुन क्रु को दन्ते मोहनी बोलको नयाँ गीत रिलिज



२५ साउन २०७५, काठमाडौँ

कार्टुन क्रु नेपालको एकदमै चर्चित डान्स ग्रुप हो । पानी पर्यो बोलको गीतमा कभर डान्स गरेर एकाएक चर्चामा आएको यो डान्स ग्रुपको एक पछि अर्को डान्सका भिडियोहरुले यूट्युबमा निकै चर्चा बटुलिरहेका छन् ।

कार्टुन क्रु को नयाँ दन्ते मोहनी बोलको गीत सार्वजनिक भएको छ । श्री थापामगरको शब्द संगीत रहेको गीतमा सचिन पूmयाँलको आवाज रहेको छ । गीतलाई सरोज अधिकारी, राम घले र सुबिन चौहानले सयुंक्त रुपमा कोरियोग्राफी गरेका छन् । उक्त गीतमा कार्टुन क्रु का सबै सदस्यहरुलाई देख्न सकिन्छ ।

यो गीतलाई कार्टुन क्रु ले अरुभन्दा फरक तरिकाले प्रस्तुत गर्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्