
२५ साउन २०७५, काठमाडौं
नेपाल रेडक्रस सोसाईटी र बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न वडाहरुमा विपद् व्यवस्थापन समिति गठन भईरहेका छन् ।

बूनपा १० वडा कार्यालयमा भएको भेलामा विपद् सम्बन्धी अभिमूखीकरण कार्यक्रम सहित वडा समिति गठन हुने आयोजकले बताएका छन् ।
वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया निम्न बमोजिम हुनेछ :
क. वडाध्यक्ष – संयोजक
ख. वडा सदस्यहरु – सदस्य
ग. वडाभित्र रहेका विषयगत शाखा/ईकाई कार्यालय प्रमुखहरु – सदस्य
घ. वडाभित्र रहेका सुरक्षा निकायका प्रमुखहरु – सदस्य
ङ. राष्ट्रिय मान्यता प्राप्त दलका वडास्थित प्रमुख वा प्रतिनिधि – सदस्य
च. स्थानीय रेडक्रस – सदस्य
छ. गैह्रसरकारी तथा समुदायमा आधारित संघसंस्था तथा युवा क्लबबाट संयोजकले तोकेबमोजिम न्यूनतम २ महिला सहित ४ जना – सदस्य
ज. वडा सचिव – सदस्य सचिव






