
१५ साउन २०७५, काठमाडौं
नेपाल–बंगलादेशबिच ऊर्जा सम्झौता भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका उर्जा राज्मन्त्री नसरुल हमिदले उत्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब नेपालले उत्पादन गरेको विजुली बंगलादेशले खरिद गर्ने भएको छ ।
उक्त सम्झौतामा नेपालको जलविद्युत क्षेत्रमा बंगलादेशले लगानी गर्ने, नेपालको विद्युत उत्पालन बंगलादेशले खरिद गर्ने तथा नेपाल–बंगलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरिय षंयंत्र बनाउने जस्ता विषयहरु समावेश भएका छन् । सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा ऊर्जा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।बंगलादेशले नेपालसँग करिब १ हजार ६ सय मेगावट क्षमता बराबरको दुई ठुला आयोजनामा लगानी गर्ने भएको थियो ।
सम्झौता अनुरुप बंगलादेशले नेपालको १ हजार १ सय १० मेगावट् क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावट् क्षमताको सुनकोशी तेस्रोमा लगानी गर्ने भएको छ ।





