गाडी खरिदमा अनियमितता भएको भन्दै मेयर दाहालमाथि अख्तियारमा बेनामी उजुरी



२५ साउन २०७५, काठमाडौं

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमाथि अख्तियार दुरुपयोग अनुसन्धानमा बेनामी उजुरी परेको छ ।

सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्री भरतपुर महानगरपालिकाकी मेयरमा निर्वाचित भएपछि चढ्न थालेको ल्याण्डक्रुजर गाडी खरिदमा अनियमितता देखिएको भन्दै उनीमाथि बेनामी उजुरी परेको हो । २ करोड ७० लाख पर्ने उक्त ल्याण्डक्रुजर गाडी खरिदमा अनियमितता देखिएकाले अख्तियारले अनुसन्धान थालेको हो ।

रेणु दाहालमाथि परेको उजुरी बेनामी भएकाले छानबिन भईरहेको छ । अख्तियारका एक अधिकृतले भने, अनियमितता पुष्टि हुनासाथ हामी उँहालाई नियन्त्रनमा लिन्छौं ।

प्रतिक्रिया दिनुहोस्