प्रधानमन्त्री ओलीले आज प्रदेश नं ५ को सांसदहरुसँग छलफल गर्दै



२५ साउन २०७५, काठकाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को सांसदहरुसँग छलफल गर्दै छन् ।

हरेक हप्ताको शुक्रबार सांसदहरुसँग छलफल गर्ने कार्यक्रमअनुसार आज प्रदेश नम्बर ५ को सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।स्थानीय तहको विकाश योजना, तीनका कार्यन्वायन तथा जनगुनासो लगाएतका विषयमा दिउसो ३ बजे सिंहदबारस्थित प्रधानमन्त्री कार्यलयमा छलफल  हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । त्यस्तै सरकारको काम कारबाहि तथा संसदीय गतिविधिमा सांसदहरुको भुमिका लगाएतका विषयमा पनि प्रधानमन्त्री अ‍ोलीले सांसदहरुलाई निर्देशन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नम्बर २,३ को सांसदहरुसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्