सलमानपछि प्रियंकाले भन्सालीलाई दिईन् धोका



अभिनेत्री प्रियंका चोपडाले सञ्जय लिला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट हात झिकेकी हुन् ।

केही पहिले सलमान खानको फिल्म पनि उनले छाडेकी थिइन् । चलचित्र छाडेपछि सलमान उनीसँग रिसाएका थिए ।

बलिउड मिडियाले जनाएअनुसार भंसालीले उनलाई आफ्नो फिल्म ‘गंगुबाई कोठेवाली’का लागि लिने तयारी गरेका थिए ।

प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’का कारण ‘बाजीराव मस्तानी’का निर्देशक भंसालीको चलचित्र छाडेकी छन् । प्रियंकाले फिल्म छाडेसँगै भंसालीले अब यो प्रोजेट नबनाउने फैसला लिएकी छन् ।

प्रियंका ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’मा चर्चित हलिउड अभिनेता क्रिससँग देखिनेछिन् । प्रियंका संजयलिला भंसालीको चलचित्र बाजिराव मस्तानीमा समेत देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्