कथा काठमाण्डुको जुन अनि तारा बोलको नँया गीत सार्वजनिक



२४ साउन २०७५, काठमाडौँ

चलचित्र कथा काठमाण्डुको पहिलो रातको कुरा बोलको गीत रिलिजसँगै उक्त गीतले निकै आलोचना खेप्नु परेको थियो । नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरिले दिएको बोल्ड सिनका कारण यो चलचित्र विवादमा पनि आएको थियो ।

हालै यस चलचित्रको अर्को एउटा जुन अनि तारा बोलको गीत सार्वजनिक भएको छ । ईशान सुब्बाको शब्द र दिपेश सुब्बाको संगीत रहेको गीतमा सुगम पोखरेलको आवाज रहेको छ । चलचित्रको उक्त गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुलाई फिचरिङ गराइएको छ ।

चलचित्रमा लुजा सिंहको छायांकन देख्न सकिन्छ । त्यसैगरी संगीता श्रेष्ठको कथा र निर्देशन रहेको चलचित्रलाई विजय राईले निमार्ण गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरि, सन्जोग कोइराला, सन्ध्या जोशी, आयुष्मान देशराज जोशी र प्रेक्क्षा अधिकारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्र कथा काठमाण्डु आउँदो असोज १२ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्