नाई नभन्नु ल ५ को पब्लिसिटिमा सक्रिय छैनन् चलचित्रका कलाकार



२४ भदौ २०७५, काठमाडौँ

चलचित्र नाई नभन्नु ल ५ दर्शकले निकै प्रतिक्षा गरिरहेको चलचित्र हो । नाई नभन्नु ल ५ यसअघिका सबै सिरिजहरु एकदमै सफल भएका थिए । त्यसै कारणले पनि दर्शकहरु यो चलचित्र हेर्न आतुर छन् । सार्वजजिक गरिएको गीतसंगीत र ट्रेलरबाट पनि निकै चर्चा बटुलिरहेको यो चलचित्र प्रदर्शनको नजिक घडीमा छ ।

चलचित्र रिलिज हुनमा जम्मा दुई हप्तामात्र बाँकी हुँदापनि चलचित्रको पब्लिसिटिमा चलचित्रका कोही कलाकार लागि परेका छैनन् । चलचित्रका मुख्य नायिकाहरु स्वस्तिमा खड्का, प्रियंका कार्की र केकी अधिकारी तीनै जना चलचित्रको प्रचारप्रसारको लागि समय नभएको बताउँछन् । यसरी चलचित्रका मुख्य नायिकाहरुले नै चलचित्रको पब्लिसिटिमा समय नदिँदा अब विकाससँग चलचित्रका बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई लिएर हिड्नु बाहेक अरु विकल्प नै छैन । विकासले चलचित्रको मुख्य कलाकार अनुभव र सेड्रिना नै भएकाले चलचित्रको पब्लिसिटिमा पनि यिनै दुई कलाकार भए पुग्ने कुरा बताए ।

यसरी चलचित्र प्रदर्शनको अन्तिम चरणमा आइपुग्दा चलचित्रका कलाकारहरु नै चलचित्रको पब्लिसिटिमा सक्रिय नदेखिँदा के नाई नभन्नु ५ ले सोचेजस्तो दर्शकको साथ पाउँला ? यो भने भदौ ८ पछि नै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्