बलात्कारीलाई फाँसीको सजाय ठिक कि बेठीक कमेन्ट गर्नुहोस्



प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरुले देशमा केही समययता बढिरहेको बलात्कारका घटनालाई लिएर चर्कोरुपमा फाँसी र मृत्युदण्डको माग उठाएका छन् । बलात्कार र हत्याका घटना रोक्न अब मृत्युदण्ड बाहेकको विकल्प नरहेको सांसदहहरुको भनाई रहेको छ ।

बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञराज सुनुवारले बलात्कारीलाई फाँसी हुनुपर्ने आवाज सडकमा उठिसकेकाले अब सदन पनि गम्भीर हुनुपर्ने बताए ।

‘सडकमा बलात्कारीलाई फाँसी दिऊँ भन्ने आवाज उठिसकेको छ, बालिकामाथिको अपराध पनि झन् बढ्दो छ’, सुनुवारले भने, ‘अब त्यसो नगरी हुँदैन, कडा भन्दा कडा सजायको व्यवस्था हुनैपर्छ ।’ त्यसैगरी अर्की सांसद मिना सुब्बाले पनि बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरिन् ।

‘म पनि एउटी आमा हुँ, बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनाले मेरो मन रोएको छ’, उनले भनिन्, ‘कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ, अर्का्तिर काभ्रेमा ९ वर्षकी बालिकाको पनि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ ।’ त्यसैगरी विशेष समयमा बोल्ने सांसदहरुले पनि बलात्कारका घटना बढ्दै गएको भन्दै दोषी ठहरिएकाहरुलाई मृत्युदण्डसम्मको सजाय दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्