
२२ साउन २०७५, काठमाडौं
सम्पति शुद्धिकरण मुद्धामा दोषी ठहर भई गणेश लामा एक वर्ष कैदको भागी बनेका छन् ।
उनी विशेष अदालतबाट दोषी ठहर भएकाले उनलाई एक वर्ष कैद र एक करोड विगो जफत गर्ने निर्णय सुनाएको हो । उनले गुण्डागर्दी लगाएतका आपराधिक तवरबाट २७ करोड १ लाख रुपैंया सम्पत्ति जोडेको भन्दै उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।





