हिल नेपालद्वारा ह्वील चेयर तथा सिलाई मेशिन वितरण



२४ साउन २०७५, काठमाडौं

अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर तथा महिलाहरुलाई सिलाई मेशिन वितरण कार्यक्रम बूढानीलकण्ठ ८ स्थित गल्फुटार पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

हिल नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २० थान ह्वील चेयर र १२ थान सिलाई मेसिन वितरण गरिएको थियो ।

प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य अतहर कमाल मुसलमान रहेको कार्यक्रममा विशेष अतिथि बूनपा नगरप्रमुख उद्धव खरेल रहेका थिए । अन्य अतिथिहरुमा समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत, नेपाल कल्याणकारी अपाङ्ग केन्द्र अध्यक्ष विनिता भण्डारी, कतार च्यारिटी कुपण्डोलका परियोजना निर्देशक इर्साद अलि सेख, राष्ट्रिय अपाङ्ग कोषका ह्वील चेयर प्राविधिक रामहरी लम्साल लगायतका अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मुसलमानले समाजमा अपाङ्ग, जाती, धर्म, लैङ्गीक विभेद लगायत विभिन्न ढंगले पछाडी परेका सम्पूर्ण खालका समुदायलाई जवसम्म समान रुपमा लिएर हिड्न सकिदैन तवसम्म मानव मानव हुन नसक्ने विचार व्यक्त गरे ।

विशेष अतिथि नगर प्रमुख खरेलले सबै खाले मानिसलाई एउटै दृष्टिकोणले हेर्नु पर्ने बताए । कतार पनि खाडीको एउटा धनी राष्ट्र हो भन्दै कतारले आफ्नो कमाईको थोरै रकम बचाएर दिएको सहयोगलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

खरेल भन्छन्, ‘हिड्न नसक्नेका लागि ह्वील चेयर नै सबै संसार हो ।’

फरक क्षमता भएकाले केही गर्न सक्दैनन् भन्ने धारणा सम्पूर्णले हटाउन हिल नेपालका अध्यक्ष उमेश भण्डारीले सम्पूर्णलाई अनुरोध गरेका थिए । ह्वील चेयर तथा सिलाई मेसिन प्राप्त गर्ने सबैलाई समान राम्रोसँग सदुपयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्