फरक स्वादको तीज गीतसहित चर्चा बटुल्दै कल्पना दुलाल (भिडियो सहित)



२४ साउन २०७५, काठमाडौं

नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा तीज गीत बजारमा ल्याउनेहरुको होडबाजी चलिरहेको छ। त्यहि होडबाजीहरुको भिडमा आफ्नो मौलिक र फरक स्वादको तीज गीत लिएर सांगीतिक बजारमा आएकी छिन लोक गायिका कल्पना दुलाल।

पुरुष हुन् या महिला यतिबेला तीज गीत गाउन र तीज गीतमा छमछमी नाच्दै रमाउन चाहान्छन्। आफ्नो सबै दु:ख र बेदनाहरु भुलेर संगीहरुसँग कम्मर मर्काउदै तीज मनाउन चाहान्छन् नेपाली महिलाहरु।

बजारमा विभिन्न किसिमको तीज गीत आइरहेको बेला कल्पनाले तीजको मर्म अनुरुप टिपिकल र मन छुने शब्दले भरिपुर्ण गीत पस्किएकी छिन्।

“अर्गानिक तीज” बोल रहेको कल्पनाको उक्त गीतमा सुमन श्रपितले शब्द लेखेका छन् भने बीबी अनुरागीले संगीत भरेका छन्। त्यसैगरी मधुर बस्नेतले गीतमा कोरियोग्रफ र निर्देशन गरेका छन्।

कृष्टिना दुलाल, युनिषा थापा, ध्रुवराज खड्का, माधव खनाल र हरि कार्कीको बेजोड अभिनय रहेको गीतलाई कमला देवी डिजिटलले बजारमा ल्याएको छ। यतिबेला गीतले सबैको मन जित्दै चर्चा बटुल्न सफल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्