स्थानीय संघसंस्थालाई परिवर्तन खबरसँग मिलेर काम गर्ने अवसर



२४ साउन २०७५, काठमाडौं

नेपाली पत्रकारितामा फरक प्रयोग सकारात्मकता  र विकासवादी धारको नेतृत्व गरेको परिवर्तन खबर डट कमले सत्यतथ्यमा आधारित समाचार, लेखरचना प्रकाशन तथा प्रशारण गरिरहेको सबैमा अवगत नै छ ।

हाम्रा समाचारहरुप्रति तपाइले गरेको विश्वासको प्रतिफल छोटो समयमा परिवर्तन खबर नेपालका ४० लोकप्रिय अनलाईन पत्रिकाहरुमा समावेश हुन सफल भएको छ ।  ३ वर्षभित्र कम्तिमा उत्कृष्ट ३ भित्र पुग्ने हाम्रो उद्देश्य पुरा गर्न अबको १ वर्षमा नेपालका  १५ औँ लोकप्रिय अनलाईन पत्रिका भित्र हामी पुग्नै पर्ने हुन्छ । निकट भविष्यमा शुरु हुने अंग्रेजी संस्करण र अनलाईन टेलिभिजनले पनि हाम्रो उद्देश्यमा थप मद्दत पुग्ने आशा गरेका छौं ।

सहकार्यको लागि सम्पर्क : ४८१००९८, ९८५१०५९७०९

तपाईहरुको माया, विश्वास र अपेक्षालाई सफल बनाउन हाम्रो एकल प्रयासले ढिलो हुन सक्छ । त्यसैले मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा संचालित हाम्रो संचार गृहले सामाजिक जागरण, रुपान्तरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न स्थानीय स्तरमा कार्यरत सरकारी, गैह्र सरकारी, सामुदायिक तथा निजि संघसंस्थाहरुसँग सहकार्य गर्न खोजिरहेको छ ।

नेपाल सरकारको प्रचलित कानुन बमोजिम स्थापना भई नियमित रुपमा नवीकरण भै काम गरिरहेका निजि तथा सामाजिक संघसंस्थाले सहकार्यको लागि सम्पर्क गर्न सक्नुहुनेछ । सहकार्यको लागि हाललाई निम्न क्षेत्रहरु निर्धारण गरिएको छ :

  • बलबालिका, युवा, महिला र जेष्ठ नागरिक
  • शिक्षा, स्वास्थ्य, खानेपानी, स्थानीय विकास
  • संस्कृति, पर्यटन
  • नेतृत्व तथा व्यक्तित्व विकास
  • नागरिक पत्रकारिता

तपाई हाम्रो संयुक्त प्रयासले पक्कै पनि सामाजिक रुपमा निकै ठूलो सकारात्मक प्रभाव पार्ने छ । संयुक्त कार्यक्रम, समाचार वा सूचनाले पाठकहरुमा सकारात्मक उर्जा, आशा, विश्वास उत्पन्न गराई परिवार, समाज र आफ्नो पेशाप्रति अझ लगनशील हुन मद्दत मिल्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

सकारात्मकताको धारणा राख्दै गर्दा संचार माध्यामको भूमिकालाई पनि हामीले बिर्सिएका छैनौं। व्यक्तिगत धारणा, लेखरचना वा अन्तर्वार्ताको माध्यामले सरोकारवालाहरु प्रतिको खबरदारी पनि निरन्तर गरिरहने नै छौं ।

 

प्रतिक्रिया दिनुहोस्