मंसिरमा महाधिवेशन गर्ने नेविसंघको तयारी



२४ साउन २०७५, काठमाडौं

नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बार्हौ महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ। २ वर्षे कार्यकाल यही भदौ २ गतेबाट सकिने भएकाले नेविसंघले मंसिरमा महाधिवेशन गर्ने तयारी गरेको हो।

गत बुधबारबाटै नेविसंघको कार्यकाल सकिएको भएता पनि आगामी भदौ २ गते सम्मको निम्ति यही कार्यसमितिलाई निरन्तरता दिने समझदारी जुटेसँगै महादिवेशानको वातावरण बनाउन बुधबार नै निर्देशन समितिको बैठक बसेको थियो।

कार्यकाल सकिएको ३ महिना भित्रमा महाधिवेशन गरिसक्नुपर्ने नेविसंघको विधानमा रहेको छ। मंसिरमा महाधिवेशन गर्ने तयारी भएता पनि मिति र स्थान भने तया भईसकेको छैन। छिट्टै पधाधिकारी र केन्द्रीय समितिको बैठक बसी स्थान र मिति तोकिने नेविसंघका सभापति नैनसिंह महराले बताए।

प्रतिक्रिया दिनुहोस्