
२४ साउन २०७५, काठमाडौं
आजदेखि प्रधाानसेनापति राजेन्द्र क्षेत्रीलाई विदाई गरि बलाधिकृत रथि पुर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका हुन् ।
सरकारको सिफारिसमा विद्यादेवी भण्डारीले थापालाई कायममुकायम प्रधानसेनापतिको रुपमा नियुत्ति गरिसकेका छन् । प्रधानसेनापति क्षेत्रीले आज मुख्यालय जङ्गी अड्डामा आज आयोजना हुने कार्यक्रममा बलाधिकृत थापालाई नेपाली सेना बुझाबुझ गर्ने छन् ।
अवकास हुनुभन्दा एक महिना अगाडिदेखि विदा बस्ने परम्पराअनुसार क्षेत्री आजबाट विदामा बस्ने भएका हुन् ।
बुधबार जङ्गी अड्डाको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले ९२ बुँदे सम्बोधनमध्ये आफ्नो कार्यकालमा ६५ बुँदे कामहरु भएको समेत उनले जानकारी दिए । भुकम्पको क्षतीदेखि लिएर निर्वाचनको सफलतापुर्वक सम्पन्नसम्मको कामलाई उनले आफ्नो सफल कार्यभित्र अटाएका छन् ।
राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहाँसमा पहिलो पटक महिलाको लागि गोरखाली गुल्म स्थापना पनि आफ्नै कार्यकालमा भएको उनले जानकारी दिए ।
थापाले भाद्र २३ गतेपछि मात्र ४३ औं पुर्ण प्रधानसेनापतिको रुपमा कार्य गर्ने छन् ।





