विश्व बैंकद्वारा नेपाल सरकारलाई १० अर्व सहुलीयत ऋण



२२ साउन २०७५, काठमाडौं

संघीयता कार्यन्वायन, समावेशी विकास तथा वित्तिय क्षेत्र सुधार र सुदृढीकरणको लागि विश्व बैंकले नेपाल सरकारलाई १० अर्व सहुलीयत ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको विकसमा बैंकका साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि प्रधान कार्यलय वासिङ्टन डिसीमा जारी बैंक बैठकले यस्तो निर्णय गरेको हो ।

वित्तिय क्षेत्रमा मध्यमकालिन सुधार कार्यक्रमको लागि ऋणस्वारुप उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराउने भएको हो । बैठकमा नेपालको साझेदारी तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाली जनतालाई सुरक्षा, न्याय, शुसासन, आधारभुत सेवा प्रदान तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनिती उपयोग हुने बताएको विश्व बैंकले जनाएको छ ।

उत्त बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी हटाउन, रोजगारिको अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग मद्दत पुग्ने पनि उनले बताएको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्