
२३ साउन २०७५, काठमाडौं
विश्व क्रिकेटका विभिन्न ६ टोलि सम्मिलित क्यारेबियन प्रिमियर लिग आजबाट सुरु हुदैछ। नेपाली युवा स्टार सन्दिप लामिछानेले पनि उक्त खेल खेल्दैछन्।
५ हजार डलरमा अनुबन्धित भएका सन्दिपले सेन्ट नेभिस एण्ड प्याट्रीओट्सबाट उक्त खेल खेल्न लागेका छन् भने उनको टिमको नेतृत्व वेष्टइन्डिजका स्टार क्रिस गेलाले गर्दैछन्। सन्दिप आइतबार नै नेदरल्याण्डबाट वेष्टइन्डिज पुगिसकेका छन्।
आजको उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टार बीच हुने भएको छ भने प्रतियोगिताको दोस्रो खेल अन्तर्गत सन्दिपको टोलीले गुएना अमेजन वारियार्ससँग खेल्नेछ। खेल नेपाली समय अनुसार राति ११:४५ बजे गुएनामा हुदैछ।
Getting ready for the biggest party in sport. @CPL @sknpatriots !! pic.twitter.com/b1de1lz9bf
— Sandeep Lamichhane (@IamSandeep25) August 6, 2018





