नैतिकता सिकाउने पात्र हुन् शेरबहादुर



२२ साउन २०७५, काठमाडौं

हिजो जुन आरोप खेपेर राजीनामा गरेका थिए आज तिनै आरोप लगाउनेहरुले शेरबहादुर को तारिफ गर्न थालेका छन्, हिजो नेता हैनन्, नैतिकता छैन, भनेको टेर्दैनन भन्नेहरु आज शेरबहादुरको तारिफ गर्न थालेका छन । आज उनको उचाई जुन हिसाबले बढेको छ लाग्छ उनले हिजो राजीनामा गर्दा लागेको आरोप मिथ्या साबित भएको छ ।

आज सिगों पार्टी पंक्ति शेरबहादुरको उचाई देखेर अचम्मित भने पक्कै भएकै होला । उनले थालेको भ्रष्टाचार बिरोधी कानुन निर्माणका कुरालाई बुलन्द आवाज पार्दै जुन हिसाबले उठाइरहेका छन् यदि यो कानुन कार्यान्वयन तहमा आयो भने देशमा भ्रष्टाचार पूर्ण रुपमा निर्मुल प्राय हुन्छ होला । हिजो मन्त्री हुँदा पनि उनले आफ्नो सम्पत्ति सार्वजनिक गर्न कुनै ढिला गरेनन भने आज मन्त्री पदमा नरहँदा पनि जनता सामु आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक गरेका छन ।

आज यो देशमा पदमा रहँदा सम्पत्ति सार्वजनिक गर्ने र पद छाडिसकेपछी उसको सम्पत्ति कति भयो भन्ने जनताले जान्न नपाउने अधिकार तामाङले तोडिदिएका छन ।  उनले एउटा नैतिकता सिकाउने कोसिश गरेका छन् । आज यो देशमा भ्रष्टाचारको दलदल गाडिएको अवस्थामा तामाङले अघि सारेका भ्रष्टाचार बिरोधी कानुन निर्माणका लागि सबै दल र सबै जनता लाग्नुपर्ने देखिन्छ ।

आज तपाईं हामीलाई लागेको छ हिजो तामाङले जुन अभिव्यक्ति दिए त्यो एकदम सही र सत्य हो किनभने आजभोली बंगलादेशमा अध्यनरत विद्यार्थीको बारेमा पत्रपत्रिका र सामाजिक संजालमा समस्याहरु आइरहेका छन, हिजो तामाङले पनि तिनै समस्या छ भन्दा नारीमाथिको अपमान भनेर गलत अर्थ लगाइ उनलाई राजीनामा दिन बाध्य पारिएकै हो , तर आज तामाङले पद भन्दा प्रतिष्ठा ठूलो हो भन्ने कुरा सिकाएका छन ।

नेपाली राजनीतिमा बिरलै देखिने नैतिकता प्रदर्शन गरेर तामाङ जनताको मनमनमा बस्न सफल भएका छन त्यसैले अहिले उनले नेपाली राजनीतिलाई एउटा पाठ सिकाएका छन, नैतिकता !

प्रतिक्रिया दिनुहोस्