शान्ति सुरक्षा कायम गर्न माग गर्दै राप्रपाद्वारा प्रदर्शन



२२ साउन २०७५, काठमाडौं

मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ। कमल थापा नेतृत्वमा रहेको राप्रपामा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले उक्त प्रदर्शन गरेको हो।

महिला र बालबालिका माथि श्रींखलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज माइतिघर मण्डलामा सरकारविरुद्ध र्यालीसहित प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रेका महिलाहरुले गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजिनामा समेत माग गरे।

महिला र बालबालिकामाथि हुने सबै प्रकारको हिँसा तत्काल अन्त्य गर्न प्रदर्शनकारी महिलाहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराउदै बबहरमहलबाट माइतिघरसम्म चर्का नाराबाजी सहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्