
२२ साउन २०७५, काठमाडौं
प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाण्डौँ जिल्लास्थित गोकर्णमा श्री विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।
नेपाली सेनाले युद्ध बाहेकका अपरेशनहरु विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षण, निजामति प्रशासनलाई सहयोग तथा सैनिक–नागरिक सम्बन्धमा अभिवृद्धि गर्ने कार्यहरुलाई प्राथमिकताका साथ निरन्तर रुपमा बहन गर्दै आईरहेको छ ।

भविष्यमा हुनसक्ने प्राकृतिक प्रकोपको क्षति न्युनिकरणको लागि यस शिक्षालयले विपद् व्यवस्थापनको लागि छिटो छरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलमा निपूर्ण बनाउने तालिमहरु सञ्चालन गर्नेछ ।





