सांसदद्वारा गण्डकी प्रदेशमा रिक्त भएको सांसद पदमा निर्वाचन गराउन माग



२२ साउन २०७५, काठमाडौं

सांसदहरुद्वारा गण्डकी प्रदेशमा रिक्त भएको सांसद पदमा निर्वाचन गराउन माग गरेका छन्। गण्डकी प्रदेशसभाका सांसदले गण्डकी प्रदेशासभा बैठकमा उक्त माग गरेका हुन्।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले हिजो सोमबार बसेको बैठक अन्तर्गत विशेष समयमा बोल्दै रिक्त रहेको पदमा तत्काल निर्वाचन गराउन माग गरेका छन्।

मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे ज्यान सम्बन्धि मुद्दामा जेल चलान भएसँगै मनाङको प्रदेश सभामा एक पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्