कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै



२२ साउन २०७५, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। समसामयिक विषय, पार्टीभित्रका गतिविधि र महासमिति बैठकबारे छलफल गर्न उक्त बैठक डाकिएको हो।

आज मंगलबार ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठकमा सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरु उपस्थित भएका छन्।

पार्टीलाई संघीय ढाँचामा लैजान विधान मस्यौदा समिति गठन गरी महासमिति बैठक भदौ सम्ममा गर्ने र समसामयिक विषय माथि छलफल गरी धारणा तय गर्ने तयारीमा बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्