
२२ साउन २०७५, काठमाडौँ
संयुक्त महिला सञ्जालले कपनमा सीपमूलक तालिम सम्पन्न गरेको छ । कपन स्थित कपन पार्टी भेन्युमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बूढानीलकण्ठ नगरपालिका १० को सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उद्धव खरेल, विशेष अतिथि बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न महिला समुहका प्रतिनिधीहरु तथा अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले नगरपालिकाले दिनुपर्ने साथ र सहयोग दिन पछि नहट्ने प्रतिवद्धता जनाए । सीपयुक्त कार्यक्रम सञ्चालन गर्दा महिलाहरु पनि आत्मनिर्भर बन्न सक्ने भन्दै आफुले सिकेका सीपहरुलाई सदुपयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराज भट्टराईले सबै किसिमका कामको सम्मान गर्नुपर्ने र त्यसबाट नै आत्मनिर्भर र स्वरोजगार बन्न सहज हुने भन्दै सबैलाई वडाले गर्ने यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि खरेलले १५ दिने ड्राईभिङ तथा उद्घोषण र ४५ दिने मन्टेश्वरी तालिमका सम्पूर्ण प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए ।






