खुल्यो रोजी र रामकहानी एकसाथ प्रदर्शनमा आउनुको रहस्य



२२ साउन २०७५, काठमाडौँ

भदौ २२ मा दुई ठूला ब्यानरका चलचित्रको भिडन्त हुने पक्का भएको छ । गोपी कुष्ण मुभिज्को ब्यानरमा निर्मित युवापुस्तामा चर्चित अभिनेता प्रदिप खड्का लिड रोलमा रहेको चलचित्र रोजी र नायिका पूजाशर्मा स्टारर फिल्म रामकहानी एकसाथ प्रदर्शनमा आउने भएका छन् ।

तर यी दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनुको रहस्य पर्दाफास भएको छ । आजभन्दा ९ बर्ष अगाडी २०६६ सालमा ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका थिए । त्यस बर्षलाई आजपनि नेपालमा सबैभन्दा राम्रा चलचित्रको भिडन्त भएको बर्ष मानिने गरिन्छ । त्यस बर्ष सुदर्शन थापाको मेरो एउटा साथी छ, निरक पौडेलको कुसुमे रुमाल २ र छोडी गए पाप लाग्ला चलचित्र प्रदर्शनमा आएका थिए । तर विडम्बना त्यो समय मेरो एउटा साथी छ को लागि मात्र उत्कृष्ट साबित भयो भने कुसुमे रुमाल २ र छोडि गए पाप लाग्ला ले निराश हुनु परेको थियो । मेरो एउटा साथी छ  लाई दर्शकले निकै रुचाए भने बाँकी दुई चलचित्र नराम्रोसँग बक्सअफिसमा डुबेको थियो ।  यसरी ३ चलचित्र एकसाथ जुधाउँदा निरक आफ्नो चलचित्रको असफतापछि निकै निराश भएका थिए ।

अहिले फेरि त्यही समय दोहोरिएको छ । यसपटक पनि तिनै ठूला निर्माता आमने सामने आउने भएका छन् । यसपाली निरक चलचित्रमा निकै चर्चित अभिनेता प्रदिप खड्का लिड रोलमा भएका कारण पनि सुदर्शनसँग एकसाथ चलचित्र जुधाँउन तम्सिएका हुन् । साथसाथै यसमा निरकको सुदर्शनप्रतिको ९ बर्षदेखिको इगो पनि प्रष्ट देख्न सकिन्छ । यता चलचित्रको भिडन्त गराउनमा प्रदिपले पनि निरकलाई भरपुर साथ दिइरहेका छन् ।

अन्ततः भदौ २२ मा दर्शकले सुदर्शनको रामकहानी र निरकको रोजीमध्ये कुन चलचित्रलाई सफल बनाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्