प्रधानन्यायधीस सिफारिस गर्न सवैंधानिक परिषद्को बैठक भोली बस्दै



२२ साउन २०७५, काठमाडौं

नयाँ प्रधानन्यायधीस सिफारिस गर्न सवैंधानिक परिषद्को बुधाबर बैठक बस्ने भएको छ ।

यस अघि परिषद्ले जेष्ठ २९ गते प्रधानन्यायधीसमा दीपकराज जोशीलाई सिफारिस गरेको थियो । तर संसदीय सुनुवाईले उनलाई अस्वीकृत गरेका हो ।

वहालवाला न्यायधीसमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणा प्रधानन्यायधीसका दाबेदार न्यायधीसहरु हुन् । प्रधानन्यायधीस हुनका लागि कम्तिमा ३ वर्ष सर्वोच्च अदालतमा काम गरेको हुनुपर्छ, अहिलेका लागि मिश्र र राणाबाहेक अन्य न्यायधीसहरु ३ वर्ष पुगेका छैनन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलीको बैठकले भने प्रधानन्यायधीसको सिफारिस गर्ने बताएका छन् ।

साथै उनले संसदीय सर्वोच्चता कायम राख्नका लागि यसपाली जोशीलाई समितिले अस्वीकृत गरेको मंगलबार वीरगंञ्जमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्