टर्कीको रमणीय स्थानमा रमाउँदै प्रदिप र मरुना (भिडियो सहित)



२२ साउन २०७५, काठमाडौँ

नायक प्रदिप खड्का स्टारर फिल्म रोजीको फूल होइन बोलको पहिलो गीत सार्वजनिक भएकोे छ । टर्कीको विभिन्न रमणीय ठाँउमा छायाँकन गरिएको गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको छ भने गीतमा प्रताप दास र प्रविशा अधिकारीको आवाज सुन्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी  र राजु विक्रमथापाको छायांकन रहेको छ ।

प्रदिप खड्का अहिलेका निकै लोकप्रिय अभिनेता हुन् । त्यसैले पनि रोजी दर्शकका लागि बहुप्रतिक्षित चलचित्र बनेको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन भने चलचित्रमा आर्या पौडेल र आरोही केसीको सयुंक्त रुपमा लगानी रहेको छ । चलचित्र रोजी आउँदो भाद्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्