अन्तराष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद



२२ साउन २०७५, काठमाडौं

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करि मार्फत आएको सुन बरामद गरेको छ ।

बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएका अवैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको हो । उक्त सुनसहित फैयाज आलम पक्राउ परेका छन्।

सुनको गहनाको तौल ४५७ ग्राम रहेको छ । सो परिमाणको सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रूपैयाँ पर्छ । विमानस्थलबाट सुनका गरगहना तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २०७५ साउन २० गते महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडडुल गरिरहँदा सुनसरी भोक्राहा नरसिंह गााँउपालिका वडा नं २ घर भई हाल का. जि. एयरपोट बस्ने वर्ष २८ का आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो।

तस्करी भएर आएको सुन र सुनसँगै पक्राउ परेका आलमलार्इ प्रहरीले त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठकाडौंको जिम्मा लगाइएको छ ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भएर यसअघि पनि पटक पटक तस्करिको सुन भित्रिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्