नेकपाको सचिवालय बैठक आज बस्दै



२२ साउन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाईएको छ । बैठकमा पार्टीका विभिन्न विभाग र केन्द्रीय कमिटी मातहतका संगठन, विभिन्न जनवर्गीय संगठन लगायतका बिषयमा निर्णय गरिनेछ ।

यस्तै बैठकमा समसामयीक राजनितिक बिषयमा छलफल हुने नेकपाले जनाएको छ । जेठ ३ गते पार्टी एकता भएपनि नेकपाले तल्ला तहका कमिटी, जनवर्गीय संगठन, विभाग र आयोगहरुको एकता टुङ्ग्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्