विवाह अघिको सेक्स गलत होइन सही हो : ज्योति मगर (भिडियो सहित)



खुल्ला सोच र विचार प्रस्तुत गर्ने ज्योति मगर सँधै चर्चामा रहिरहने मोडेल तथा गायिका हुन् । विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा बोल्ड रुपमा प्रस्तुत हुने गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिने गरेकी छिन् ।

गायिका मगरका तस्वीर तथा इन्टरभ्यूहरु सामाजिक संजालमा हेर्नेको संख्यामा कमी छैनन् । उनका बारेमा नकारात्मक टिप्पणीहरु बढी हुने गरेता पनि उनको चर्चा भने दिनानुदिन बढिरहेको छ । हुनत आधुनिक विश्वमा विश्वका टप सेलिब्रेटी भनिएकाहरु ज्योति जति मात्र छैनन् । उनीहरुको परिवेशमा सहन सकेरै होला । उनीहरुको सकारात्मक चर्चा छ । तर हाम्रोमा नकारात्मक छ ।

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल काठमाडौँ काँडाघारीमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् ।

उत्तेजक नृत्यसँगै गीत प्रस्तुत गर्ने ज्योती भनेपछि युवादेखि बुढापाकासम्म हुरुक्कै हुन्छन् । हट र सेक्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन् ।

  

प्रतिक्रिया दिनुहोस्