‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक



२२ साउन २०७५, काठमाडौँ

सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीतिको भिडियो बजारमा आएको छ ।

चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहेकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गरेकी हुन् । विमोचनपछि उनले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताईन् ।

मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन्, भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाललगायत कलाकारले अभिनय गरेका छन् । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गरेका हुँन् ।

प्रतिक्रिया दिनुहोस्