
अमिताभ बच्चनसँग फिल्म ‘पिंक’मा काम गरिसकेकी साउथ इण्डियन हिरोइन तापसी पन्नु आजबाट ३१ वर्षकी भइन् । १ अगष्ट १९८७ मा जन्मिएककी तापसी अहिले बलिउडमा सक्रिय छिन् । उनले हिरोइनको रुपमा तेलुगु फिल्म ‘झुम्मांडी नादम’बाट करिअरको सुरुवात गरेकी थिइन् । तापसीलाई दक्षिण भारतका सुपरस्टार हिरोइनमा गनिन्छ । दक्षिण भारतमा चर्चित तापसी आफू भने दक्षिण भारतीय होइनन् ।

मोडलिङबाट अभिनयमा आएकी तापसी मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् । बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले अक्षय कुमारसँग बेबी, नाम शबाना लगायत फिल्ममा समेत काम गरेकी छिन् । एजेन्सी






