
२१ साउन २०७५, तनुहँ
प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गोरखा जिल्लास्थित श्री रणसिंहदल गण, तनुहँ जिल्लाको दमौलीस्थित श्री कृष्णदल गण र नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गण तथा शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।





