
२१ साउन २०७५, सुनसरी
सुनसरीमा बसोबास गर्दैै आएका आदिवासी जनजातीहरुले आगामी श्रावण २४ गतेको आदिवासी जनजाति दिवसको तयारी थालेका छन् । २४ औं विश्व आदिवासी दिवस मनाउन नेपाल आदिवासी जनजाति महासंघ सुनसरी र इटहरीको संयुक्त आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागिएको पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
बिश्वभरी छरिएका आदिवासी जनजातीहरुको सस्कृति, धार्मीक मूल्यमान्यता र भाषिक लगायतका बिषयमा पछाडी पर्दै आएकोमा यो दिवसलाई संस्करणको रुपमा मनाउन लागिएको नेपाल आदिवासी जनजाती महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले जानकारी दिए । बिश्वभरका अदिवासीहरुले सन् १९९४ देखि प्रारम्भ गरेको बिश्व आदिवासी दिवसलाई निरन्तरता दिदै सुनसरीका अदिवासी जनजातीहरुले पनि मनाउने गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।
दिवसको अवसर पारेर जनजातीहरु माथि भईरहेको अन्याय, बिभेद, शोषण, दमनका बिरुद्ध पनि सबै संगठित भएर आवाज उठाउने कामलाई अगाडी बढाउने नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष कर्ण बिक्रम लिम्बुले बताए । इटहरीमा हुने कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकी सहित कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।





