
२१ साउन २०७५, काठमाडौं
आज दिउँसो काठमाडौंको युनियन हाउसमा पत्रकार सम्मेलन आयोजना गरी पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचार विरुद्धको अभियानमा आफू समर्पित हुने बताएका छन् ।
बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले खेप्नुपर्ने हिंसाबारे बोल्ने क्रममा विवादित भएपछि नैतिकताको आधारमा पूर्वमन्त्री तामाङले राजीनामा दिएका थिए । आफ्नो १३२ दिने कार्यकालमा न्यायिक क्षेत्रमा हुने भ्रष्टाचार अन्त्य गर्न विभिन्न कानुनहरु तयार गरेका पूर्वमन्त्री तामाङले भने, ‘अब कि सिद्धिन्छु कि भ्रष्टाचारी’ । सार्वजनिक व्यक्तित्वहरुबाट हुने गरेका संगठित भ्रष्टाचार नै नेपालको मुख्य रोग रहेको बताउँदै यसलाई नियन्त्रण गर्न सके मात्र देश आर्थिक समृद्ध हुने तामाङको दावी छ ।
राजनीतिक नियुक्ति र सार्वजनिक पदबाट अवकाश लिएको १५ दिन भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने मान्यता राख्ने तामाङले राजनीनामा दिएको १३ दिनमा श्रीमती साक्षी राखीे आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।






