
२१ साउन २०७५, काठमाडौँ
प्रियंकाले भारतबाट हात झिकेपछि सलमान र प्रियंकाको सम्बन्ध राम्रो छैन । त्यतिमात्र नभएर सलमान अहिले प्रियंकासँग यति रिसाएका छन् कि उनी प्रियंकासँग मात्र नभएर उनको परिवारसँग पनि बोल्न चाहँदैनन् ।
हालै सम्पन्न भएको एक कार्यक्रममा सलमान खान कट्रिनाको साथमा पुगेका थिए । सोही कार्यक्रममा प्रियंकाकी आमा मधु पनि उपस्थित थिइन् । उनीहरु एक अर्काको आमने सामने थिए । तर सलमानले प्रियंकाकी आमालाई नदेखे जस्तो गरी आफ्नै सुरमा हिडे । कट्रिनाले पनि मधुसँग केही नबोली फन्केर हिडिन् । सलमानले प्रियंकाको आमाप्रति गरेको यस्तो व्यवहारले उनी प्रियंकासँग ज्यादै क्रोधित भएको बुझ्न सकिन्छ । प्रियंकाले भारतबाट हात झिकेपछि सलमानले चलचित्रमा कट्रिनालाई अनुबन्धित गरेका छन् ।





