चैत्र २९ मा नायिका झरना थापाको ‘ए मेरो हजुर ३’ आउने पक्का



२१ साउन २०७५, काठमाडौँ

कुनै समयकी निकै चर्चित र व्यस्त नायिका झरना थापा अब निर्मात्री बनिसकेकी छिन् । उनले अघिल्लो वर्ष निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर २’ ले बक्स अफिसमा अत्यन्तै राम्रो कलेक्सन गर्दै सफलताको झण्डा गाडेको थियो ।

अहिले झरना फेरि ‘ए मेरो हजुर ३’ बनाउनमा मिहिनेत गरिरहेकी छिन् । उनले यसै चलचित्र मार्फत आफ्नी  छोरी सुहानी थापालाई चलचित्र क्षेत्रमा भित्र्याउँदै छिन् भने उनीसगँ चलचित्रमा अनमोल केसीले रोमान्स गर्दैछन् । चलचित्रको छायाँकन सुरु भैसकेको छैन तर चलचित्रको रिलिज डेट सार्वजनिक भैसकेको छ । चलचित्र आउँदो चैत्र २९ बाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।

झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’  ले सफलता पाएपछि भरनाले ‘ए मेरो हजुर ३’  लाई पनि दर्शकले मन पराउने कुरामा आपूm ढुक्क रहेको बताएकी छिन् । ‘ए मेरो हजुर ३’  ले ‘ए मेरो हजुर २’ जति नै सफलता पाउँछ कि पाउँदैन त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्