मङ्सिर २१ मा विपिन र नम्रताको ‘प्रसाद’ आउने



२१ साउन २०७५, काठमाडौँ

दिनेश राउत नेपाली चलचित्रका सफल निर्देशकको लिस्टमा गनिन्छन् । छोटो समयमै नोभेम्बर रेन, क्लासिक र पर्व जस्ता राम्रा चलचित्र निर्माण गरेर उनले आफूलाई एक राम्रो चलचित्र बनाउन सक्ने निर्देशकका रुपमा स्थापित गरिसकेका छन् । हालै मात्र उनले निर्देशन गरेको चलचित्र ‘प्रसाद’ को छायांकन सकिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको रिलिज डेट पनि तोकिएको छ । चलचित्र यही मङ्सिर २१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

निःसन्तान दम्पत्तिको कथामा आधारित चलचित्रमा विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् । विपिन र नम्रताका साथ निश्चल बस्नेतको पनि चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन रहेको छ भने चलचित्रमा कोशिस क्षेत्री र सुभाष भुसालले संगीत भरेका छन् । चलचित्रको कथावस्तु अत्यन्तै राम्रो भएकाले दर्शकले चलचित्रलाई रुचाउने कुरामा निर्धक्क रहेको चलचित्रका कलाकारहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्