
२१ साउन २०७५, सुनसरी
युवालाई परिवतर्नका संवाहकका रुपमा लिने गरिएको छ । तर बिश्वका धेरै युवा रोजगारी, प्रविधि साथै शिक्षामा सुरक्षित छैनन् भन्ने गरिन्छ । बिश्वका ४०० मिलियन भन्दा धेरै युवालाई समेटेर सन् १९९९ मा भएको संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको अन्तरराष्ट्रिय युवा दिवस बिश्वभर अगस्ट १२ अर्थात आगामी श्रावण २७ गते बिश्वभर मनाईदैछ ।
युवाको निर्माण मुल नाराका साथ मनाईने दिवसले सुनसरीका युवालाई समेत छोएको छ । सुनसरीमा सक्रिय युवा सम्वन्धी संस्थाले आगामी अगस्ट १२ मा ‘युवाका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ मनाईने भएको छ । जिल्लामा क्रियाशिल संस्थाहरुले अन्तरराष्ट्रिय युवा दिवस आयोजना गर्ने मुल समिती समेत गठन गरेका छन् ।
बिगत ८ बर्ष देखी युवा दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरी युवा दिवस मनाउने गरिएको छ । यस वर्ष पनि साताव्यापी युवा दिवस मनाउनका लागि हर्कजगं एभेगं लिम्बुको संयोजकत्वमा जिल्लामा युवाका क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाहरु सदस्य रहने गरी अन्तरराष्ट्रिय युवा दिवस २०१८ मुल आयोजक समिति गठन गरिएको छ ।
दिवसलाई सफल पार्न विभिन्न उप समितिहरु समेत गठन गरिएको युवाका क्षेत्रमा काम गर्दै आएको युवा बिकास केन्द्रले बताएको छ । सप्ताहव्यापी कार्यक्रममा युवा महिला, पछाडी पारिएका जातजाति, अल्पसङ्ख्यक, जोखिममा परेका, दलित, मधेशी लगायत विभिन्न समुदायका युवालाई समेटेर साता भरी प्रजनन् स्वास्थ्य चेतना, रक्त्तदान कार्यक्रम, क्लेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता, स्लो बाईक रेसिङ्ग, दौड, कविता महोत्सव, सुरक्षित गर्भपतन सम्बधी नाटक प्रदर्शनी, कलेज स्तरीय नृत्य प्रतियोगिता, सडक सुरक्षा सम्बन्धी चालकसँग अन्तरक्रिया, स्वास्थ्य शिविर रक्त जाचँ कार्यक्रम, महिला हिंसा विरुद्ध अभियान जस्ता कार्यक्रमहरु गरीने संयोजक लिम्बुले जानकारी दिए ।





