
२१ साउन २०७५, पाँचथर
पूर्वी नेपालमा उत्पादन हुने टमाटरको निकासीमा भारतले कडाई गरेपछी यतिबेला नेपाली किसान लाखौं लगानी रहेको टमाटर त्यसै फ्याक्न बध्य भई रहेकाछन् । विशेषत पूर्वी नेपालको पाँचथर, तेह्रथुमको आठराई र इलामका टमाटर किसानका लाखौं मुल्य बराबरको टमाटर बारीमै कुहिने अबस्थामा पुगको छ । भारतीय नाकासम्म टमाटर ल्याएर फर्काउनु पर्दा किसान मात्र होईन काकडभिट्टा नाकाका ब्यापारीलाई समेत लाखौंको नोक्सानी भएको छ ।
ब्यापारी र किसान दुबै समस्यामा रहेका समाचार निरन्तर आउन थालेपछि सरकारी टोली प्रभावित क्षेत्रमा पुग्न थालेको छ । पूर्वी नेपालमा देखिएको टमाटर समस्या हल गर्न सरकारी टोली पाँचथर पुगेको छ । कृषकहरुले टमाटर विक्री नभएको भन्दै सडकमा फालेपछि सरकारी टोली मुख्य प्रभाबित क्षेत्र मानिएको पाँथरको हिलिहाङ र याङवरक गाँउपालिकामा पुगेको हो । नेपाल सरकारको व्यापार तथा निकाश प्रवर्धन केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहाल नेतृत्वको टोली प्रभावित क्षेत्रमै पुगेर बास्तविक समस्या बुझेको हो । प्रभाबित क्षेत्रका किसानले सरकारी टोलीसँग समस्याको समाधान तत्काल गरी आफ्नो लाखौंको आम्दानी जोगाईदिन आग्रह गरेको छन् ।
यस अघि भारत निकासीमा सूचि नभएको भन्दै टमाटर विक्री भएको थिएन । विक्री नभएपछि कृषकले लाखौं मुल्य बराबरको टमाटर बाटामै फालेर विरोध जनाएका थिए ।
टमाटरबाट राम्रो आम्दानी देखेर अन्य खेती गर्नै छाडेका किसानको टमाटरमा भारतले एक्कासी लगाएको प्रतिवन्धले किसान तनाबमा परेका छन् । कृषकका कुरा बुझ्दै टमाटर निकासीमा कुनै पनि समस्या नभएको केन्द्रको उपनिर्देशक दाहालले टमाटर भारत निकासीमा कुनै समस्या नहुने बताएका छन् । दाहालका अनुसार टमाटरको समस्या नेपालमै भएको तर भारतबाट कुनै पनि समस्या नभएको बताएका छन् ।





