
२१ साउन २०७५, काठमाडौं
केही दिनदेखि परेको लगातारको वर्षाले देशभरिको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तराई, मध्ये र पश्चिम क्षेत्रमा अझै २ दिन भारि वर्षा हुने जनाएको छ।
लगातारको वर्षाको कारण काठमाडौं उपत्यका भित्र बहने नदीहरुको बहाव निरन्तर बढिरहेको कारण डुवान हुन सक्ने सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार राजधानीको नख्खु, मनोहरा,बागमती, विष्णुमति र धोबीखोलामा पानीको बहाव बढिरहेको छ। त्यसैले यी नादीहरुके आसपासका होचा क्षेत्रमा सुबान हुन सक्ने खतरा बढी रहेको भन्दै सतर्क अपनाउन पनि अनुरोध गरेको छ।
त्यसैगरी काठमाडौंबाट बगेर जाने बागमती नदीको पानी तराई क्षेत्रमा दिउसो करिव २ बजे पछि सतर्कताको तह नजिक पुग्ने पनि विभागले जानकारी गराएको छ। त्यसै गरी पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा र धनकुटालगायतामा भने वर्षा नभएका कारण अझै रोपाई गर्न सकिरहेका छैनन्।





