शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित



२० साउन २०७५, काठमाडौं

पुर्व सांसद तथा नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको निधनको शोक प्रस्ताव पारित गर्दै आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। पंगेनीको निधनप्रति दुख व्यक्त गर्दै उक्त शोक प्रस्ताव पारित भएको हो।

घरमा सुतिरहेको अवस्थामा छाती दुखेको बताएपछि उपचार गर्न हस्पिटल लैजाने क्रममा आज बिहान करिव ६ बजे बाटैमा पंगेनीको निधन भएको परिवारले बताएको छ। उनलाई हृदयघात भएको र तत्काल उपचार नभएको कारण निधन भएको बुझिएको छ।

नेपाली कांग्रेसको तर्फबाट २०७० सालमा स्याङ्जाबाट संविधानसभा सदस्यमा प्रत्यक्षा निर्वाचित भएका ५४ बर्षे पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्