एकअर्कासँग भिडन्त गर्दै प्रदिप र पूजा



२० साउन २०७५, काठमाडौँ

नायिका पूजा शर्मा नेपाली चलचित्रकी परिचित नायिका हुन् भने अभिनेता प्रदिप खड्का युवापुस्तामा निकै चर्चित अभिनेता हुन् । अझ् महिला फ्यानहरु त प्रदिप भनेपछि हुरुक्कै हुने गर्छन् । यी दुवैलाई चलचित्र क्षेत्रमा प्रेमगीतले सफलता दिएको थियो । पे्रमगीत रिलिज अगाडी धेरैलाई थाहा नभएको नाम प्रदिप र पूजा प्रेमगीत रिलिज पछि एकाएक दर्शकको माझ लोकप्रिय बन्न पुगेको थियो ।

प्रेमगीत सफल भएपछि यी दुईबीचको सम्बन्ध बिग्रिएको थियो । यिनै प्रेमगीत जोडी अब एकअर्काको आमने सामने आउने भएका छन् । यहि आउँदो भदौ २२ बाट नायिका पूजा शर्माद्धारा निर्मित चलचित्र रामकहानी रिलिज हुदैँछ भने सोहि मितिमा अभिनेता प्रदिप खड्का प्रमुख भूमिकामा रहेको चलचित्र रोज िपनि रिलिज हुने भएको छ ।

गीतसंगीत र ट्रेलर बाट चर्चा बटुलिरहेको कमेडी र प्रेम कथामा आधारित चलचित्र रामकहानी र माया र विछोडको कथामा आधारित चलचित्र रोजीमध्ये दर्शकले कुनलाई बढी रुचाउने हुन् त्यो भने हेर्न बाँकि नै छ । दुवै चलचित्र बहुप्रतिक्षित भएकाले पूजा र प्रदिपमा बाजी कसले मार्ला ? यो अहिले सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्