
२० साउन २०७५, काठमाडौँ
कट्रिना कैफ बलिउडकी बहुचर्चित र डिमाण्डेट नायिका हुन् । उनले एउटा चलचित्र मार्फत ५–६ करोड लिने गरेकी छिन् । उनलाई लिएर चलचित्र बनाउने निर्माताको लिस्ट लामै छ । अत्याधिक चर्चामा रहेकी कट्रिनालाई अहिले एकदमै राम्रो चलचित्र मिलेको छ । जसबाट उनले आपूmले लिइरहने भन्दा डबल पारिश्रमिक पाउने भएकी छिन् ।
बलिउड सुपरस्टार सलमान खानले निर्माण गर्न लागेको चलचित्र भारत बाट नायिका प्रियंका चोपडाले हात झिकेपछि कट्रिना चलचित्रमा अनुबन्धित भएकी छिन् । यसै चलचित्रका लागि सलमानले कट्रिना लाई निकै महंगो पारिश्रमिक दिने भएका छन् । चलचित्रमा कट्रिनालाई भित्र्याउन पाउँदा सलमान निकै खुसी देखिन्छन् । त्यसैले पनि सलमानले कट्रिनालाई महंगो पारिश्रमिक दिन लागेका होलान् ।
एक था टाइगर, टाइगर जिन्दा है जस्ता सुपरहिट चलचित्रमा सगैँ काम गरिसकेका सलमान र कट्रिना को जोडीलाई दर्शकले यो चलचित्रमा चाहीँ कत्तिको रुचाउँछन् त्यो भने हेर्न बाँकी छ । कुनै समयमा प्रेमीको रुपमा परिचित सलमान र कट्रिना अहिले एक अर्काको मिल्ने साथी रहेको बताउँछन् ।





