बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ५’ को नयाँ गीत सार्वजनिक



२० साउन २०७५, काठमाडौँ

निर्देशक विकाश आचार्यद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र नाई नभन्नु ल ५ को बालापनको उमेर बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचरिङ गरिएको छ । वसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा समिक्षा अधिकारीको आवाज रहेको छ । अत्यन्तै मिठो शैलीको गीतमा कविराज गहतराजको कोरीयोग्राफी रहेको छ ।

यसअघि सार्वजनिक गरिएको ट्रेलर र चलचित्रको शीर्ष गीतबाट निकै चर्चा बटुलिरहेको नाई नभन्नु ल ५ को यो गीतलाई दर्शकले मन पराउने कुरामा चलचित्र टिम पूर्ण आशावादी रहेको छ । चलचित्रमा अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, निरुता सिंह, दिलीप रायमाझी लगायतका कलाकारको बेजोड अभिनय रहेको छ । चलचित्र यहि आउँदो भाद्र ८ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्