
२० साउन २०७५, काठमाडौँ
बूढानीलकण्ठ वडा नं. ३ द्वारा आयोजित सकारात्मक जीवनशैली उत्प्रेरणात्मक एवं जीवन रुपान्तरण कार्यक्रम ‘सुनौलो सपना जडित बूढानीलकण्ठ, सुन्दर–स्वच्छ हरित बूढानीलकण्ठ’ नाराका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ प्रदेशभा सदस्य दिपक निरौलाले बूनपा विकासको लागि गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमका प्रशिक्षक तथा संस्थापक अध्यक्ष राम्जी अधिकारीले आफ्नो मन, मस्तिष्क तथा घरबाट विकासका काम नगरे विकासलाई अगाडी बढाउन नसकिने धारणा राखे ।
प्रशिक्षक अधिकारी भन्छन्, ‘नाना, खाना र छाना सम्पूर्णले पाउनुपर्ने नैसर्गिक अधिकार हो, खुला आकाशलाई छाना बनाएर कसैले बस्नु पर्दैन ।’

विकासका पूर्वाधारहरु सडक, पुल, खानेपानी मात्र नभएर स्वास्थ्य, शिक्षा र चेतनालाई समेत अगाडी बढाउनुपर्ने भएकोले कार्यक्रमको आयोजना गरिएको बूनपा ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले दिएका छन् ।
मानवसेवा आश्रम बूढानीलकण्ठको सहजीकरणमा सम्पन्न भएको कार्यक्रम सुमन वर्तौलाले संचालन गरेका थिए ।





