भेनेजुएलाका राष्ट्रपति निकोलसको हत्याको प्रयास



२० साउन २०७५,काठमाडौं

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन् ।

राजधानीमा कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेको बेलामा उक्त हमला भएको तर राष्ट्रपति भने सुरक्षित रहेको अधिकारिहरुले बताएका छन् ।

राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन् । उनका अनुसार उक्त हमलामा ७ सैनिक घाइने भएका छन् ।

खुला स्थानमा भएको उक्त सैन्य कार्यक्रममा राष्ट्रपति मदुरोले भाषण गरिरहेको बेलामा विस्फोटक पदार्थले भरिएको दुई ड्रोन राष्ट्रपति मदुरो भएकै स्थान नजिकै आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

आफ्नो हत्याको प्रयास अमेरिका वा कोलम्बियाले गरेको राष्ट्रपति मदुरोले आरोप लगाएका छन् । त्यसपछि लगत्तै राष्ट्रपति मदुरो मन्त्री तथा सैनिक अधिकारिहरुसँग बेठक बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्