एकअर्काको मुख समेत हेर्न चाहदैनन् भुवन र रेखा



२० साउन २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा कलाकारको एक अर्कासगँ मनमुटाव हुनु सामान्य कुरा भैसकेको छ । अझै आजभोली त कलाकारहरु यही कारणले दिनहुँ चर्चामा आउने गरेका छन् ।

अहिले फेरी नेपाली चलचित्र क्षेत्रमा दुई बरिष्ठ कलाकारको सम्बन्धमा फाँटो आएको छ । नायिका रेखा थापा र नायक भुवन केसी कुनै समयमा राम्रा साथी थिए । यी दुवैले एकसाथ साथी म तिम्रो, दुनियाँ जस्ता चलचित्रमा सगैँ काम गरिसकेका छन् । तर अहिले यी दुईको सम्बन्ध निकै बिग्रिएको छ । भुवन अहिले रेखाको अनुहार पनि हेर्न चाहदैँनन् र रेखा पनि भुवनसगँ बोल्न चाहन्नन् । यसको प्रमुख कारण भनेको रेखाले केहिदिन अघिमात्र आपूmलाई महानायिका र मेघास्टार नभनिएको र केहि चलचित्रमा काम गर्दैमा भर्खरै चलचित्र क्षेत्रमा आएका कलाकारलाई मेघा स्टारको उपाधी दिइएको भन्दै गुनासो पोखेकी थिइन् ।

अहिले अनमोल केसीलाई मेघास्टार मानिएको छ । त्यसैले रेखाले आप्mनो छोरालाई होच्याउन खोजेको भन्दै भुवनले रेखासगँको सम्बन्ध बिगार्न खोजेका हुन् । त्यतिमात्र नभएर हालै भएको एक अन्तर्वातामा रेखाले नेपालको नम्बर १ अभिनेता प्रदिप खड्का भएको र प्रदिप कसैको आडमा नभई आप्mनै मेहेनतले यहाँसम्म आईपुगेको बताएकी थिइन् । यो कुराले त झन् भुवन रेखाप्रति आगो भएका छन् ।

भर्खरै मात्र सम्पन्न एक पत्रकारको जन्मदिनमा यी दुवै उपस्थित थिए । तर दुवैमा एकअर्काप्रति यतिधेरै रिस रहेछ कि एकअर्कासँग बोल्नु त परै जाओस् एकले अर्काको मुख समेत हेरेनन् । दुवैले नदेखे जस्तोगरी एकअर्कालाई बेवास्ता गर्दे बसे । भुवन र रेखाको सम्बन्ध कहिलेसम्म बिग्रिरहने हो त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्