बुगी उगीको उपाधि सर्लाहीकी कविता नेपालीलाई (भिडियो सहित)



२० साउन २०७५, काठमाडौं

चर्चित डान्स रियालिटी सो बुगी उगीको उपाधि सर्लाहीकी कविता नेपालीले हात पारेकी छिन्। एपिवान टेलिभिजनद्वारा आयोजित अन्तराष्ट्रिय डान्स रियालिटी सो बुगी उगीको हिजो भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई उछिन्दै १८ वर्षीय कविताले उक्त उपाधि चुमेकी हुन्।

प्रतियोगितामा फस्ट रनर अप तनहुँकी प्रगति पुन बनिन भने सेकेन्ड रनर अप काभ्रेका सरोज मोक्तान बनेका छन्। उपाधिसँगै कविताले नगत २५ लाख समेत हात पारेकी छिन् । फस्ट रनर अप प्रगतिले नगद ६ लाख र सेकेन्ड रनर अप सरोजले नगद ४ लाख हात पारेका छन्।

https://youtu.be/fQ7m6s4j0Xs

देशभरका ३ हजार भन्दा बढी डान्सरहरु मध्धे अनलाइन अडिसन मार्फत कविताले सबैलाई उछिन्दै हिजो उक्त उपाधि चुमेकी हुन्।

बुगी उगीले दोस्रो राउण्डको अडिसनको निम्ति ३ हजार १ सय ५० जना डान्सरहरुलाई काठमाडौं बोलाइएको थियो। उनीहरु मध्धेबाट १८ जना मात्र छानिएका थिए। छानिएका १८ प्रतियोगी मध्धे भिडियो राउण्ड, कला प्रदर्शन राउण्ड लगायतका विविन्न कठिन यात्रा पार गर्दै उत्कृष्ट ३ जना ग्राण्ड फिनालेमा पुगेका थिए।

अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेको उक्त कार्यक्रममा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटको आधारमा उत्कृष्ट डान्सर छानिएको आयोजकले जनाएको छ। कार्यक्रम भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपिवान टेलिभिजनले नेपालमा पहिलो पल्ट अन्तराष्ट्रिय फेन्चाइजका डान्स रियालिटी सोहरू गरिरहेको छ। पहिलो नेपाल आइडल सम्पन्न गरेको एपिवान टेलिभिजनले यहि साउन २४ गतेबाट दोस्रो नेपाल आइडल पनि सुरु गर्दैछ।

https://youtu.be/yZuwZ6Iec7M

प्रतिक्रिया दिनुहोस्