बजार आउने तयारीमा उड्ने कार



रोल्स रोयस कार कम्पनीले सन् २०२० भन्दा पहिले नै लन्च गर्ने तयारी स्वरुप प्रतिघण्टा ४ सय किलोमिटरका दरले उड्ने कार बनाउन लागेको छ । एकपटक चार्ज गरेपछि उक्त कारले ८ सय किलोमिटरसम्म यात्रा तय गर्न सक्नेछ ।

एक अंग्रेजी वेव साईटका अनुसार कम्पनीले यसै साता ह्याम्पसायरमा हुने यएर शो प्रदर्शनीमा उक्त कार बारे जानकारी दिने तयारी गरेको छ । रोल्स रोयसले यो भन्दा पहिला पनि हवाई जहाज, हेलिकप्टर तथा पानी जहाजको ईन्जिन बनाईसकेको  छ ।

उड्ने कारमा रोल्स रोयस कम्पनीले आवाज कम आउने ईन्जिनको प्रयोग गर्नेछ भने एम–२५० ग्यास टर्बाइन प्रविधिको प्रयोग गरी ५ सय किलोवाट उर्जा उत्पन्न गर्नेछ  । यसमा राखिएको पखेटा ९० डिग्रीसम्म घुम्न सक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्